कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

 न्यूज विराट
कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न सुरु गरिएको छ । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाटोक नेतृत्वको टोलीले सो परीक्षणको नेतृत्व गर्दैछ । करिब ३ सय जनालाई आगामी सातादेखि कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिन सुरु गरिनेछ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरु भएको हो । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको भने दुई चरणको मानवीय परीक्षणपछि तेस्रो चरणको मानवीय परीक्षणको तयारी भइरहेको छ ।

कोरोना भाइरसविरुद्धको खोपका लागि विश्वभरका वैज्ञानिकहरुले प्रयास गरिरहेका छन् भने १२० वटा खोपमा काम भइरहेको छ । इम्पेरियल कलेजको टिमले बनाएको खोपको पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि दोस्रो चरणको मानवीय परीक्षण आगामी अक्टोबरमा सुरु हुनेछ । दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् ।

इम्पेरियल कलेजका वैज्ञानिकहरुले अहिले परीक्षणमा रहेको खोप आगामी वर्षको जनवरीसम्ममा बेलायतसहित अन्य देशमा वितरण गर्न सकिने बताएका छन् ।

सम्बन्धित समाचार

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

विराटनगर । न्युन गुणस्तरको बस्तु उत्पादन गरेको पुष्टि भएपछि मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध...

टेलिभिजन सेवा प्रदायकहरू एकजुट भए

काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...

राजपा र समाजवादीकाे संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्