विश्वभर अक्सिजन अभाव भएको डब्लुएचओको चेतावनी

 न्यूज विराट
विश्वभर अक्सिजन अभाव भएको डब्लुएचओको चेतावनी

एजेन्सी, असार ११-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या एक करोड हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेशिन) अभाव भइरहेको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा भने, ‘केही देश अब अक्सिजन कन्स्ट्रेटर मेशिनको अभावको सामना गरिरहेका छन् । यो समयमा यो मेशिनको माग आपूर्तिभन्दा बढी भएको छ ।’

उनले अहिलेसम्म विश्वमा करिब ९५ लाख मानिस संक्रमित भइसकेको र ४ लाख ८४ हजारभन्दा बढीको मृत्यु भइरहेको भन्दै हरेक सातामा १० लाख संक्रमित भइरहेको बताएका छन् ।

उनले संक्रमितको संख्या बढ्दोमात्रामा रहेका कारण प्रतिदिन ८८ हजारभन्दा बढी अक्सिजन सिलिन्डर र ६ लाख २० हजार क्युबिक मिटर अक्सिजन आवश्यक परिरहेको जानकारी दिए ।

उनले संक्रमितको संख्यामा अचानक वृद्धि भएका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओले अहिलेसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर किनेको छ र आगामी साता १२० देशमा पठाउने योजना छ । अझै १० करोड डलरको मेशिन किन्ने तयारीमा छौं ।’

विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा.माइक रियानले केही ल्याटिन अमेरिकी देशमा अझै कोरोना कहर बढ्ने र मृत्यु हुनेको संख्या अझै थपिने बताएका छन् । उनले कतिपय देशमा पछिल्लो एक सातामा २५ देखि ५० प्रतिशतसम्म बिरामी बढेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

विराटनगरमा नयाँ महिला नेतृत्वको आशा : कला डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन भएको छ । अधिवेशनलाई लिएर नेतृत्व चयनको दौडमा उम्मेदवारहरू घोषणा भइसकेका छन्। यसपटकको अधिवेशनमा विशेष चर्चा पाएकी छन् महिला उपसचिव पदकी उम्मेदवार कला डाँगी, जसको...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्