प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

 न्यूज विराट
प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

विराटनगर, असार १०–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताएका छन् । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उनले बताए । प्रदेश सरकारले कोरोना जित्दै गएको मन्त्री घिमिरेले दावी गरे ।

प्रदेश १ को समुदायस्तरमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र भएकाले चाडै नियन्त्रणमा आउने उनले विश्वास व्यक्त गरे ।

झापाको शिवसताक्षी नगरपालिकाको छैठौं नगरसभाको बुधबार उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । मन्त्री जीवन घिमिरेले बजेट निर्माण भन्दा पनि कार्यन्वयनमा जोड दिनुभएको छ । उनले निर्माण गरिएको बजेट पूर्ण कार्यन्वयन हुनेमा विश्वास व्यक्त गरे । उनले स्थानीय तहहरु सम्बृद्धिको बाटोमा अघि बढ्न जरुरी भएको बताए ।

अहिले वडा–वडामा विकास निर्माणका कार्यहरू भैरहेपनि त्यत्ति मै सन्तोष मान्ने अवस्था नभएको भन्दै उनले भने,‘ अझ सशक्त ढंगले समृद्धिको बाटोमा अघि बढ्न जरुरी छ ।’ स्थानीय तहरुले बजेटका लागि आफ्नै श्रोतहरुको विकास गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड छ ।

जनप्रतिनिधिहरुले गर्ने काम लुकाएर लुक्न नसक्ने भएकाले आचरण शुद्ध राखेर काम गर्न उनले सुझाव दिए । उनले भने,‘ जनप्रतिनिधि खुल्ला किताब हो, जनप्रतिनिधिले गरेको क्रियाकलाप लुकाएर लुक्न सक्दैन , कुनै न कुनै बेला बाहिर आउँछ ।’ राम्रो काम गर्दा पनि नियोजित विरोधहरु आउन सक्ने भएकाले विरोध भयो भन्दैमा काम नछाड्न उनले आग्रह गरे । जनताको नजरमा उत्तीर्ण हुने चेष्टा राखेर काम गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ ।

सम्बन्धित समाचार

सुनको मूल्य १ लाख ३ हजार नाघ्यो

काठमाडौं, २३ साउन-नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भउको छापावाल सुनको भाऊ आज प्रतितोला १ लाख ३ हजार ५ सय...

आज सांसदहरूको पीसीआर परीक्षण गरिँदै

संसद सचिवालयले आज सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । संसद अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना भाइरसको परीक्षण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि...

कोशी प्रदेशमा एक वर्षमा साढे ९ हजारभन्दा बढी मुद्दा दर्ता, संगठित अपराधमा कमी

विराटनगर । कोशी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । २०८१ सालको वैशाखदेखि चैतसम्म यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

मालपोत कार्यालय विराटनगरको सेवा बन्द

विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।...

सीमा विवाद टुंग्याउन आफ्नै नेतृत्वमा कार्यदल बनाउन सुजताको माग

काठमाडौं, २९ वैशाख-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले जारी सीमा विवाद टुंग्याउनको लागि आफ्नै नेतृत्वमा कार्यदलको माग गरेकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन् । भारतले बंगलादेशको सीमानाका समस्या वार्ताबाट...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्