सरकारको गलत नीतिका कारण सीमा समस्या : सोनिया

 न्यूज विराट
सरकारको गलत नीतिका कारण सीमा समस्या : सोनिया

एजेन्सी, असार ९-भारतको नयाँ दिल्ली कांग्रेसको कार्यकारी समिति (सीडब्लुसी) को बैठक बसेको छ । पार्टी अध्यक्ष सोनिया गान्धीले चीनको विषयमा सरकारको नीतिको कडा आलोचना गरेकी छन् ।

उनले सीमा क्षेत्रमा अहिले भइरहेको समस्याका पछि भाजपा सरकारको मिस म्यानेजमेन्ट र गलत नीति कारक रहेको आरोप लगाएकी छन् ।  उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा कोरोना भाइरसको नियन्त्रणमा सरकार असफल भएको बताइन् ।

उनले भनिन्, ‘कोरोना महामारीमा गलत व्यवस्थापन नरेन्द्र मोदी सरकारको सबैभन्दा भयानक असफलतामा गनिनेछ ।’ चीनसँग बढ्दो तनाव र सीमा समस्यालाई लिएर कांग्रेस र भाजपाबीच चर्को बहस चलिरहेको छ ।

सोनिया गान्धीभन्दा अघि पूर्व प्रधानमन्त्री मनमोहन हिंहले सोमबारमात्रै देशको सुरक्षाको मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेर बोल्नुपर्ने भन्दै शब्दमा ख्याल गर्न आग्रह गरेका थिए ।

जवाफमा भाजपा अध्यक्ष जेपी नड्डाले कांग्रेसले भारतलाई ४३ हजार किलोमिटरको भाग चीनलाई सुम्पिएको आरोप लगाएका थिए । मनमोहन सिंह प्रधानमन्त्री हुँदा सन् २०१० देखि २०१३ को बीचमा चीनले ६ सय पटक घुसपैठ गरेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

कोरोना संक्रमणबाट विराटनगरको नोवेल अस्पतालमा मोरङका दुई पुरुषको मृत्यु

विराटनगर, २२ वैशाख । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणबाट मोरङका थप दुई पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार विहान विराटनगर र शुन्दरहरैँचाका एक÷एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो...

कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर...

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

आइटिएफ तेक्वाण्डो विभाग गठन : संयोजकमा अन्जना, उपप्रमुखमा चतुरलाल

विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...

मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्