अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

 न्यूज विराट
अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् ।

व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा काम गर्ने कर्मचारीको ट्रान्सफर गर्ने एल–१ भिसा, एकेडेमिक र अनुसन्धानकर्ताका लागि जे भिसा र सिजनल वर्करका लागि एच–२बीच भिसा नदिइने भएको हो ।

यद्यपि यो प्रतिबन्धमा फुड प्रोसेसिङ उद्योगमा काम गर्ने कर्मचारीलाई भने छुट दिन सक्ने बताइएको छ । व्हाइट हाउसका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सरकारको यो निर्णयबाट अमेरिकी जनताले कोरोना महामारीपछि तत्काल काम पाउनसक्ने बताएका छन् ।

ती अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फर्काउन चाहन्छन् ।’ अमेरिकामा भिसामाथि लगाइएको यो प्रतिबन्धबाट पाँच लाख २५ हजार रोजगारी अमेरिकी जनताले पाउनेछन् । कोरोना भाइरसको महामारीपछिको संकटमा अमेरिकीका लागि यो राहतको विषय हुनेछ ।

कोरोना भाइरसको संकटको समयमा उनले विदेशी नागरिकलाई स्थायी बसोबासको सुविधा (ग्रीनकार्ड) माथि तात्कालिक रुपमा प्रतिबन्ध घोषणा गर्न सक्ने बताइएको छ । ट्रम्पले विदेशी कामदारलाई रोक्नका लागि सक्दो प्रयास गरिरहेका छन् । यद्यपि विदेशी कामदारमा निर्भर रहेका कम्पनीहरुले भने यो निर्णयको विरोध गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै

विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...

दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

एजेन्सी, ३ जेठ । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ...

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...

ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर – ८ स्थि ग्रडेड स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा बिहीबार निर्वाचन गरेर स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो ।१४ जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित...

बलिउडमा डिस्को रक स्थापित गराउने बप्पी रहेनन्

एजेन्सी, ४ फागुन । प्रसिद्ध भारतीय गायक तथा संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । आज लाहिरीको मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हो । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, क्रिटिकेयर अस्पतालका निर्देशक...

हाफ म्याराथन प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो...

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्