डब्लूएचओले भन्यो : नेपालमा अझै कोरोना महामारी टरेको छैन, सतर्कता अपनाऊ

 न्यूज विराट
डब्लूएचओले भन्यो : नेपालमा अझै कोरोना महामारी टरेको छैन, सतर्कता अपनाऊ

काठमाडौं, ८ असार-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ ।

डब्लूएचओका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड-१९ को महामारी टरिनसकेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एकआपसमा भेटघाटलगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्नोतर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए।

उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ-आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले मानिसहरूको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।

‘लकडाउन हामी सबैका लागि गाहो कुरा थियो । घरमै बस्नुपर्‍यो । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ,’ उनले भने, ‘काममा जान पाएका छौँ । नातेदार परिवारहरूलाई भट्न जान पाइरहेका छौँ । तर, हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन ।’

सम्बन्धित समाचार

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

काठमाडौं, ६ असार-डिल्लीबजारस्थित कारागारको बाहिर पुरानो भवन भत्किएको छ । भवनको भत्किएर बिजुलीको पोल ढल्दा ट्रान्समिटर पड्किएको छ ।मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ । १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा...

मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...

६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...

कोरोना कहरः संक्रमितको संख्या साढे १८ लाख नाघ्यो, अमेरिकामा रोकिएन मृत्युको सिलसिला

काठमाडौं, १ वैशाख-विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ । गएको २४ घण्टामा ७२ हजार ५ सय थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो । त्यस्तै, आइतबार विश्वभर ५...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

विराटनगर आउँदै गरेको कार बुढीगंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर, ३१ भदौ । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्