चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

 न्यूज विराट
चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् ।

उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनेछन् ।

गत १५–१६ जुनमा चीन र भारतको सीमाक्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उनले जानकारी दिएका छन् । भारत र रुसबीच लामो समयदेखि सैन्य सहयोग आदानप्रदान हुँदै आएको छ । भारतले रुसबाट लडाकू हेलिकोप्टरसमेत खरिद गर्ने गरेको छ ।

सम्बन्धित समाचार

पोखरामा ४ हजार बढी विपन्नलाई निःशुल्क खाना

पोखरा, ११ वैशाख-लकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।पौरखी स्वयम् सेवक समूह बनाएर युवाले खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्म नै निःशुल्क पुर्‍याइदिने अभियान चलाएका...

सर्वोच्चको फैसलालाई एमालेले दियो खुला चुनौती, न्यायाधीशले सीमा र मर्यादा नाघेको ठहर (पूर्णपाठ)

काठमाडौं, साउन १ । नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै बहशका लागि खुला चुनौती दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले अदालतको फैसला संबिधान भन्दा बाहिर गएर आफ्नो सीमा र मर्यादा नाघेर अदालतबाट...

स्पार्क हस्पिटल सातौं वर्षमा, १० पुसमा वृहत निः शुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटल सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको छ । हस्पिटलले वार्षीकत्सवको अवसर पारेर...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।  महानगरले...

जनकपुर–पोखरा हवाई उडान सुरु हुँदै, टिकट बुकिङ खुला

जनकपुर, ५ फागुन ।जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिका दिनदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एयर...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्