सोती घटना : जाहेरी दिनेतर्फका वकिलको बहस जारी

 न्यूज विराट
सोती घटना : जाहेरी दिनेतर्फका वकिलको बहस जारी

रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७  वकिलले अझै बहस गर्न बाँकी रहेको रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो । पहिलो दिन वादीका तर्फबाट ५ सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालातर्फका वकिलको बहस आजदेखि सुरु भएको हो ।

जाहेरीवालाका तर्फबाट वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । उनका अनुसार सोमबार समय भएसम्म जोहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस पनि सुरु हुने छ । सोमबार समय नभए मङ्गलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस हुने छ ।

प्रतिवादीका तर्फबाट ६ वकिलले बहस गर्ने छन् । मंगलबारसम्म बहस सकिएमा सोही दिन थुनछेक आदेश हुन सक्ने बताइएको छ । ६ जनाको ज्यान जानेगरी गत १० जेठमा चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा दर्ता गराएको छ । तीमध्ये २ नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने ५ जना फरार छन् । २ नाबालकलाई अदालतको आदेश अनुसार बालसुधार गृहमा पठाइएको छ । रासस 

सम्बन्धित समाचार

अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता, छात्र सिङ्गलमा एभरेष्टका रेहान भए प्रथम

विराटनगर । स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता छात्र सिङ्गलतर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम भएका छन् । विराटनगरमा मंगबलार सम्पन्न भएको छात्र सिङ्गतर्फको फाइनलमा बिकेभिए स्कुललाई हराउँदै एभरेष्ट प्रथम भएको हो ।छात्र...

विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले...

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष...

भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...

कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...

लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी

बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्