आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

 न्यूज विराट
आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार-आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ६४ महिला र ३७५ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ । मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, विराटनगरमा ४ जना, जनकपुरमा १२ र वीरगंज अस्पतालको प्रयोशालामा ३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

त्यस्तै टेकुमा गरिएको परीक्षणमा १६९ जना, धुलिखेल अस्पतालमा ४९ जना, पोखरा अस्पतालमा ३५ जना, रुपन्देहीको प्रयोगशालामा २९ जना र भेरी अस्पताल नेपालगंजमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना, सुर्खेत अस्पतालमा ९ जना र सेती अस्पतालको प्रयोगशालामा ६९ गरी ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...

लोकपर्व जितियाको व्रत सुरु थप

धनुषा, २५ भदौ-मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गएरातिदेखि सुरु भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास  बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई...

विद्युतमा आत्मनिर्भर बन्दै भोजपुर

विराटनगर, फागुन १२–पूर्वी पहाडी जिल्ला भोजपुर विद्युतमा आत्मनिर्भर हुँदै गएको छ । भोजपुरमा हाल ३३ केभी राष्ट्रिय प्रशारण लाइनबाट विद्युत संचालित छ भने स्थानीय ५ मेघावाटको इष्टर्न हाइड्रोपावर पनि संचालनमा रहेको छ ।भोजपुरमा हाल अर्को...

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा...

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्