च्याम्पियन टिमले सुरु गर्दै ‘घरघरमा कमेडी’

 न्यूज विराट
च्याम्पियन टिमले सुरु गर्दै ‘घरघरमा कमेडी’

काठमाडौं, ७ असार-कमेडी च्याम्पियन टिमले ‘घरघरमा कमेडी’ नामक रियालिटी शो सुरु गर्ने भएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै यस रियालिटी शो सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए ।

यस शोमा सहभागी हुन प्रतियोगीले आफ्नै घरबाट भिडियो खिचेर पठाउन सक्नेछन् । प्रतियोगीले खिचेको भिडियोलाई कमेडी च्याम्पियनको एप्समा पोस्ट गर्नुपर्ने हुन्छ, जहाँबाट निर्णायकले उत्कृष्ट भिडियोको छनोट गर्नेछन् ।

च्याम्पियनको एप्समा पोषस्ट भएको भिडियो भने दर्शकले हेर्न पाउनेछैनन् । एप्समा आएका भिडियोहरू निर्णायकले छनोट गरेपछि मात्र युट्युबमा सार्वजनिक गरिने निर्देशक भण्डारीले बताए ।

अर्को साताबाट प्रतियोगिता सुरु हुने उक्त शो ५-६ हप्तासम्म चल्नेछ । कमेडी च्याम्पियनकै फर्म्याटमा हरेक हप्ताको प्रस्तुतिबाट निर्णायकले उत्कृष्ट प्रतियोगी चुन्नेछन् ।

स्रोतका अनुसार घरघरमा कमेडीको निर्णायकमा कमेडी च्याम्पियन सिजन १ का उत्कृष्ट प्रतियोगीहरू रहनेछन् तर यस विषयमा निर्माण पक्षले केही जानकारी दिएको छैन ।

घरघरमा कमेडीमा सहभागी उत्कृष्ट १ जनाले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने निर्देशक भण्डारीले बताए । उनका अनुसार विजेतासँगै उत्कृष्ट ३ प्रतियोगीले सिधै ‘कमेडी च्याम्पियन सिजन- २’ को उत्कृष्ट २४ मा प्रवेश पाउनेछन् ।

विशाल भन्छन्, ‘यो एक हिसाबले कमेडी च्याम्पियन सिजन- २ को अडिसन जस्तै पनि हो तर अडिसनमा नमिल्ने पुरस्कार घरमै बसेर कमेडी गर्दा यहाँ जित्न सकिनेछ ।’

सम्बन्धित समाचार

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

सिरहामा कोरोना संक्रमित युवकको मृत्यु

वीरगञ्ज, २३ साउन-सिरहामा १ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका- १२ का २१ वर्षीय युवकको मृत्यु भएको हो ।   सिरहाका प्रमुख जिल्ला...

दशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं, १ कात्तिक-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।  आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

काठमाडौं, ६ भदौ-सरकारले कोरोना भाइरस (कोभिड-१९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।      निजामती सेवा दिवस मूल समारोह समितिका...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।उक्त आवास गृहसहितको प्रशासनिक भवनको...

मेयर सराबगीका पिताको निधन

वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो ।  पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका...

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्