कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

 न्यूज विराट
कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १० जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत  गरिएको परीक्षणमा सुर्खेतका २, सल्यानका ६ र दैलेखका १ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जनामा कोरोना संक्रमण देखिएको डा. तिवारीले बताए ।

कर्णालीमा यससँगै कोरोना संक्रमित १ हजार २ सय ५६ पुगेका छन् । त्यस्तै, प्रदेश अस्पताल सुर्खेतमा ३ जना, दैलेखमा ७ जना, सल्यानमा ३ जना र जाजरकोटमा १ गरी १४ जनाले कोरोना संक्रमण जितेको डा. तिवारीले जानकारी दिए । यससँगै कर्णालीमा कोरोना जित्नेको संख्या ५ सय ३१ पुगेको छ ।

सम्बन्धित समाचार

पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो:माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको बताएका छन् । गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनले बताए । समाजवादी प्रेस संगठन...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १२ जनालाई मेसिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । क्लबले तीन महिने तालिम पूरा गरेका सबै १२ प्रशिक्षार्थीहरूलाई सिलाई मेसिन वितरण गरेको हो । एक विषेश कार्यक्रमकाबिच सिलाई मेसिन...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्