शनिबार उपत्यकाका ८ जनासहित देशभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
शनिबार उपत्यकाका ८ जनासहित देशभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ असार-शनिबार उपत्यकाका ८ जनासहित ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका ७ जना र काठमाडौंका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ४९ महिला र २८२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । जसमध्ये ७५६ जना महिला छन् भने ७ हजार ८४९ पुरुष रहेका छन् ।

२४ घण्टाको अवधिमा १७६ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । जसमध्ये १८ जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् । अहिलेसम्म १ हजार ५७८ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म १४१ जना महिला र १ हजार ४३७ जना पुरुषले कोरोनालाई परास्त पारेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार १ लाख ६९ हजार ९६५ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, २४ घण्टाको अवधिमा पीसीआर परीक्षणको दायरा बढाउँदै ७ हजार ४१६ नुमनाको परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशाेधन प्रस्ताव

काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् । कांग्रेस...

चुनाव न्यायसंगत छ कि छैन अदालतले भन्न सक्नुपर्छ : दीनमणी पोखरेल

अधिवक्ता दीनमणी पोखरेलले सरकारले घोषणा गरेको चुनाव न्यायसंगत भए-नभएकोबारे अदालतले भन्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता पोखरेलले सरकारले ताजा जनादेशमा जान अदालतले रोक्न नसक्ने भनेकाले सरकारको त्यो निर्णय...

भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

भोजपुर, फागुन १६–कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिना पछि पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

दिल्लीका सबै विद्यालय बन्द

एजेन्सी, १६ मंसिर । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

मोरङमा दुईसहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

विराटनगर, १८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्