भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

 न्यूज विराट
भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ असार-शनिबार काठमाडौं उपत्यकाका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, काठमाडौंमा पनि १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पनि काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै काठमाडौंमा ४१ जना र भक्तपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामा भने ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

शनिबार देशभर ३३१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ८ हजार ५०३ पुगेको छ । अहिलेसम्म देशभरका विभिन्न आइसोलेसन सेन्टरबाट उपचार गराएर  १ हजार ५७८ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १७६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भ्याकेटमा जाने निर्णय गरेर ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा...

निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई मान्यता दिएन

काठमाडौं, ११ माघ-निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई आधिकारितको दाबी अभिलेखीकरण गराउन नमिल्ने जानकारी गराउने भएको छ ।  आज बसैको आयोगको बैठकले दुवै पक्षबाट प्रस्तुत भएका कागजपत्र र जवाफका आधारमा आधिकारिकताको दाबी गराउन नमिल्ने ठहर...

विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलमा छापा हानेर तस्करीको ठुलो परिमाणको चाँदी बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद...

नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि, १३५१ जना डिस्चार्ज

काठमाडौं, १ असोज । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिकविकास मन्त्रालय र स्थानीयतहको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्