अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

 न्यूज विराट
अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

काठमाडौं, ५ असार-पश्चिम नेपालको भारतीय अतिक्रमणमा परेको भूभाग मुलुकको राष्ट्रिय निशान छापमा समेटिएपछि महोत्तरीमा उत्साह देखिएको छ । मुलुकको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले राष्ट्रको निशानछाप सच्याउन संविधान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतिक दल र बुद्धिजीवीले बताएका छन् ।

गत ३१ जेठ मा प्रतिनिधिसभाले आफ्नो अतिक्रमित भूभाग समेटेर नयाँ निशान छाप संविधानको अनुसूचीमा समावेश गर्न संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै बिहीबार राष्ट्रियसभाले सो प्रस्ताव सर्वसम्मत पारित गरेसँगै सभामुखले प्रमाणीकरण गरेका संशोधित संविधान राष्ट्रपतिबाट सदर (स्वीकृत) गरिएसँगै कालापानी, लिपुलेक र लिम्पियाधुरा निशानछापमा समेटिएपछि  यो घटना राष्ट्रिय एकताको अभूतपूर्व सन्देश बनेको महोत्तरीमा आम प्रतिकृया पाइएको हो ।

‘संविधानमा मधेशका मुद्दा सम्बोधन हुन बाँकी रहेका हाम्रा कुरा छँदैछन्’, विगतदेखि नै मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनको माग राख्दै आएको समाजवादी पार्टी नेपाल (हाल, जनता समाजवादी पार्टी नेपाल) का जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवले भने, ‘तर, राष्ट्रको भूगोल कतै थिचोमिचोमा परेको विषयमा भने असहमति थाति राखिँदै अहिले राष्ट्र नै एक भएको सन्देश प्रवाह भएको छ ।’

प्रतिनिधिसभामा निशानछाप सच्याउन देखिएको एकताले अब मधेशका विषय संविधानमा समेट्न पनि यस्तै एकताको आवश्यकता औँल्याएको यादवको थप भनाइ छ । अब निशानछापमा समेटिएका अतिक्रमित भूभागमा स्वामित्व स्थापित गर्न सरकारले निर्णायक वार्ता गर्नपर्ने यादवले बताए ।

मधेशी जनअधिकार फोरम हुँदै सङ्घीय समाजवादी पार्टी, समाजवादी पार्टी र हाल जनता समाजवादी पार्टी बने पनि आफूहरुले संविधानमा मधेशका मुद्दा समावेश गरिन बाँकी रहेको कुरा उठाउँदै आइएको सो पार्टीका कार्यकर्ता बताउँछन् । तर, मुलुककै भौगोलिक हिस्सा अतिक्रमणमा परेको र त्यसको खोजी संवैधानिक तवरले गर्न आवश्यक भएका बेला पुराना असहमति सबै थाति राखेर सम्पूर्ण राष्ट्र एक ढिक्का हुन दलहरुले सुझबुझ देखाएको जिल्लाकै सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउँछन् ।

यसअघि राजपा नेपाल (हाल, जसपा नेपाल) आबद्ध अगुवा नेता र भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह पनि सङ्घीय संसद्मा मुलुकको राष्ट्रिय स्वार्थका कुरामा सबै एक ढिक्का देखिएपछि भारतसँगको वार्तामा सरकार मजबुतीका साथ प्रस्तुत हुने बलियो आधार बनेको बताउँछन् । नेपालको संसद्मा दलहरुबीच राष्ट्रिय मुद्दामा यो ऐतिहासिक एकता बनेको जिल्लामा अन्य राजनीतिक दलका प्रतिनिधि बताउँछन् ।

मुलुकको नक्सामा भारतले अतिक्रमण गरेको भूभाग समेटिनु र निशानछाप सोअनुकूल बनाउन दलहरूबीच संविधान संशोधनमा देखिएको एकबद्धताले विश्वजगतमै अत्यन्त सकारात्मक सन्देश दिएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले वर्तमान सरकारले अतिक्रमित भू–भाग समेटेर नक्सा जारी गर्नसँगै यस प्रयोजनको संविधान संशोधनमा दलहरुबीच अभूतपूर्व एकता निर्माणमा पाएको सफलता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

यो भारतसँग गरिने÷हुने वार्तामा सरकारका लागि ताकत भएको यादवको थप भनाइ छ । राजनीतिक दलसँगै जिल्लाका प्रबुद्ध बुद्धिजीवी पनि सङ्घीय संसद्मा देखिएको अभूतपूर्व एकताले राष्ट्रको सवालमा दलहरु विभाजित हुन्नन्, छैनन् भन्ने पुष्टि गरेको छ ।

‘नक्सा र निशानछापमा अब अतिक्रमित भूभाग समेटियो, अब स्वामित्वमा समेटिने आश जाग्यो’, जिल्लाका ख्यातिप्राप्त कानुन व्यवसायी अधिवक्ता उद्धव क्षत्रीले भने, ‘अब राष्ट्रिय एकताको यो ताकत लिएर भारतलाई वार्ताका लागि तयार पार्न निर्णायक कूटनीतिक पहलकदमी सरकारले बढाउनुपर्छ ।’

बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवास-१४ का प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरी अतिक्रमित क्षेत्र औपचारिक नक्सामा राख्न र त्यसलाई निशानछापमा समावेश गर्न संविधान संशोधनमा संसद् एक ढिक्का भएको घटना गौरवपूर्ण र ऐतिहासिक भएको बताउँछन् ।

नेपालको सङ्घीय संसद्मा देखिएको यो ऐेतिहासिक एकताबारे विश्वका कयौँ मुलुकका आफ्ना साथीहरूले चासो देखाएका ठकुरीको भनाइ छ । ‘तिमीकहाँ त गजब भएछ त, संसद् नै एकमत..!’ आफूलाई विश्वका कयौँ देशका साथीले दिएको प्रतिक्रिया सुनाउँदै ठकुरीले भने, ‘अब संविधान संशोधन गरेर निशानछाप र नक्सामा समेटिएको अतिक्रमित भूभाग स्वामित्वमा लिन यो एकता टिकाइ राख्न सक्नुपर्छ ।’

सङ्घीय संसद्मा बनेको एकताले अहिले दलहरुबीच एकअर्कोप्रति हुँदै आएका आलोचनात्मक टिप्पणी पातलिएका बुद्धिजीवीको ठहर छ । ‘सानातिना कुरामा पनि दलहरुबीच खुबै घोचपेचका कुरा सुनिन्थ्यो’, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश पाउनुभएका भङ्गाहा-७ मेघरोलका ७० वर्षीय चन्द्रनारायण सिंहले भने, ‘सङ्घीय संसद्मा निशानछापका लागि भएको संविधान संशोधनमा देखिएको एकमतले दलहरूबीचको कटुता घटाएको देखिन्छ ।’ मुख्यपक्ष यो एकता टिकाइ राख्न सरकारको पहलकदमी सकारात्मक हुनपर्ने सिंह बताउँछन् ।

पछिल्लो यो घटनाबारे जिल्लाका ग्रामीण बस्तीका सर्वसाधारणमा पनि सकारात्मक चासो जागेको पाइएको छ । राजनीतिक गतिविधि र घटनाबारे खासै चासो नराख्ने सर्वसाधारणले यसबारे सोधखोज गर्न लागेका पाइएको छ । ‘साँच्ची, अब त भारतले मिचेको हाम्रो ठाउँ फर्किने भयो रे नि त १ सबै नेताले एकमुखले यस्तो भनेको सुनिन्छ के हो ?’ जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका ७५ वर्षीय किसान इस्लाम कवारीले थप जिज्ञासा राख्दै भने, ‘यसैगरी सबै एक भए त हाम्रा सुखका दिन पनि आउँलान नि !’ अहिले संसद्मा देखिएको एकता नटुटे आफ्ना आवश्यकताका कुराले पनि महत्व पाउने सर्वसाधारणले आस पालेका छन् ।

मुलुकको राष्ट्रिय स्वार्थमा सबै एकढिक्का हुनसक्छन् भन्ने सन्देश संसद्बाट प्रवाह हुँदा दलहरूबारे सधैँ हुँदै आएको ‘यिनले के गर्लान् र ?’ भन्ने टिप्पणी पातलिएको यहाँका युवा सामाजिक कार्यकर्ता बताउँछन् । दलहरूले संसद्मा देखाएका एकता आमजनताको जीवनस्तर सुधारका काममा कायम राख्न सके मुलुकको विकास र समृद्धि यात्राले राम्रो गति लिने बर्दिवास-१४ का सामाजिक कार्यकर्ता परमेश्वर महतोको विश्वास छ । ‘संसद्मा अहिले देखिएको एकताले दलहरूको साख पनि बढाएको छ’, महतोले भने, ‘अब जनतामा बढेको निरासा चिर्न पनि दलहरूले यस्तै सुझबुझ देखाउनपर्छ ।’ रासस 

सम्बन्धित समाचार

शनिबार देशभर थपिए ८८४ संक्रमित, ३१३ जना डिस्चार्ज

काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं,  १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो ।  ६ महिना...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

कोशी प्रदेश एमाले अधिवेशन : अझै हुन सकेन मतगणना, चार बजेलाई सारियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो । मतदानपछि निर्वाचन...

विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...

रुकुम घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं, २७ साउन-सरकारले रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रुकुमको चौरजाहरीमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख दिने र घाइतेहरुको उपचार खर्च...

सुनसरी दुर्घटना अपडेटः एक भारतीयसहित तीन जनाको जलेर मृत्यु, २७ जना घाइते, १० जनाको विराटनगरमा उपचार हुँदै

विराटनगर, २२ माघ । सुनसरीमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित खुनिया खोला पुलमा गए राति बस र ट्रक एक अपसमा ठोक्किएर आगलागी हुँदा तीन...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्