एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

 न्यूज विराट
एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा । देशको विकास हुन्छ भन्ने चिन्ता लागेर हो कि हल्लाको पछाडि लागेका । हल्ला गर्नुभन्दा पढे हुने नि ।’

प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने ‘अहिले केही केहीले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि के हो ? कमसेकम एमसीसीको सम्झौता पढे हुन्थ्यो नि । मैले त एमसीसी सम्झौता पढेको मान्छे त्यति देखिनँ । खोजेर एक पटक पढे हुन्थ्यो ।’

मानिसहरू पढ्नुभन्दा हल्लाको भरमा कुद्ने । जसरी पनि विरोध गर्न पाए खुसी हुने जमात तयार भएको उनकाे भनाइ थियाे । उनले भने, ‘मान्छेहरू खुट्टाले टेकेर हिँड्नभन्दा टाउकाेले टेकेर हिँड्न थालेका छन् । खुट्टाले टेकेर हिँड्नुपर्छ । यो भनेको ठीक कुरा ठीक तरिकाले गर्ने र बाेल्ने हाे । लहैलहैमा लागेर हिँड्नु राम्राे होइन । यहाँ ठीक छ, यहाँ बेठीक छ भन्नुचाहिँ एक कुरा हो । तर, पढ्दै नपढी हल्ला गर्नु गतल हो ।’

एमसीसी अहिले संसददेखि सडकसम्मको विषय बनेको उनले बताए । ‘कागले कान लग्यो भनेर दगुर्नुभन्दा पहिला कान छाम्नुपर्छ ।  अझ दुखेको छैन भने कान लगेको रहेनछ भनेर बुझ्नुपर्छ नि । दुख्यो दुखेन वास्ता नगर्ने । कान नछामी कुद्ने प्रवृत्ति अचम्मको छ,’ उनले भने ।

सम्बन्धित समाचार

नेपाल यादव सेवा समिति गठन, सभापतिमा मुगालाल

विराटनगर । नेपाल यादव सेवा समिति गठन मोरङ गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उक्त समिति गठन गरेको हो । समितिको सभापतिमा मुगालाल यादव, उपसभापतिमारमानन्द यादव, सचिबमा प्रमोद कुमार यादव, सहसचिबमा...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...

भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग

चितवन, १ असार-सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

के हो ‘स्ट्रोक’ ?

डा. पंकजराज नेपाल वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक आर्या न्यूरो हस्पिटल विराटनगरएक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त...

तेली कल्याणद्धारा निः शुल्क शिविर, १४० जनाले गराए परीक्षण

विराटनगर । तेली कल्याण समाज नेपाल महानगर समितिले विराटनगरमा निःशुल्क उच्च रक्तचाप र थाईराइडको परीक्षण गरेको छ । विराटनगर ८ अशोक चौकमा शनिबार निःशुल्क उच्चरक्तचाप र थाईराइड परीक्षणको जाँच गरेको हो ।शिविरमा जम्मा ६२ जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्