सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

 न्यूज विराट
सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणको संख्या ६ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा नेपालमा कोरोना संक्रमिको संख्या ६ हजार २११ पुगेको छ । जसमध्ये ४७१ जना महिला रहेका छन्  भने ५ हजार ७४० जना पुरुष रहेका छन् । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ३८ हजार ६ सय ८३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । २ लाख १९ हजार ३ सय ३६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ५ हजार ३०६ नमुना पीसीआर विधिबाट र ८ हजार ६१५ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या १ लाख ३३ हजार १२९ जना रहेका छन् भने ५ हजार १५१ आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै...

कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो । विपक्षी भक्स पार्टीले देशका...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

प्रदेशमा पठाइयो थप ३० हजार र्‍यापिड टेस्ट किट

काठमाडौं, ५ वैशाख-सरकारले थप ३० हजार र्‍यापिड डाइग्नोस्टिक किट प्रदेशमा पठाएको छ । कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन प्रदेशमा थप ३० हजार र्‍यापिड किट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको कोरोना भाइरससम्बन्धी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्