प्रदेशमा पठाइयो थप ३० हजार र्‍यापिड टेस्ट किट

 न्यूज विराट
प्रदेशमा पठाइयो थप ३० हजार र्‍यापिड टेस्ट किट

काठमाडौं, ५ वैशाख-सरकारले थप ३० हजार र्‍यापिड डाइग्नोस्टिक किट प्रदेशमा पठाएको छ । कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन प्रदेशमा थप ३० हजार र्‍यापिड किट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले सरकारले गत साता ५/५ हजारका दरले र्‍यापिड किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजारभन्दा बढी किट पठाइएको बताए ।

यससँगै करिब ७० हजारको संख्यामा र्‍यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए । यस्तै, आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरू सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनको भनाइ छ ।

उनका अनुसार पिसिआर विधिबाट ७ हजार ६ सय ८८ नमुना परीक्षण गरिएको छ । त्यस्तै, आरडीटी गर्ने १६ हजार ५ सय ६५ जना गरिएको छ । हालसम्म कोरोना भाइरसको आशंकमा कूल २४ हजार २ सय ५३ परीक्षण गरिएको उनले बताए । २४ घण्टाकै अवधिमा अवधिमा ४ हजार ८ सय २२  वटा जनाको परीक्षण गरिएको जनाएको छ । यस्तै, केहीको परीक्षणको क्रममा नै रहेको उनले बताए ।

सम्बन्धित समाचार

रुसमा तयार भएको कोरोना भ्याक्सिन स्वास्थ्य मन्त्रालयद्धारा स्वीकृत

मस्को, साउन २७–रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना...

कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

ठाकुर-महतो पक्षका सांसदको बैठक सुरू, भट्टराई-यादव समूह अनुपस्थित

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरू भएको छ । उक्त बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने सहभागी...

विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

एजेन्सी, २० पुस-विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा बेपत्ता भएका छन् । चिनियाँ उद्यमी ज्याक मा पछिल्लो दुई महिनादेखि वेपत्ता भएको आशंका गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्