क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

 न्यूज विराट
क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै लम्कीकै तीन जना युवाविरुद्ध जाहेरी दर्ता गरेसँगै आरोपी तीन जनालाई नै प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

उनीहरूमाथि जबरजस्ती करणी आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको कैलालीका प्रहरी नायब निरीक्षक तथा प्रवक्ता प्रतीक विष्टले बताए ।

उनले क्वारेन्टाइनमा बसेकी महिलामाथि स्वास्थ्यकर्मी एवं क्वारेन्टाइन व्यवस्थापनमा स्वयंसेवकका रूपमा कार्यरत २२ वर्षीय किशोर परियार, स्वयंसेवककै रूपमा खटिएका अरू २ जना २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बताए ।

भारतको बैंग्लोरबाट आएकी महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन । शनिबार राति क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै युवाले आफूमाथि सामूहिक बलात्कार गर्नुका साथै भिडियो बनाई पैसासमेत मागेको पीडित महिलाको आरोप छ । घटनालगतै लम्कीका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग राख्दै नाराजुलुका साथै वडा कार्यालय तोडफोडसमेत छन् ।

सम्बन्धित समाचार

विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेका छन् । प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ...

ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...

मुस्लिम आयोगले भन्यो : मस्जिद र मदरसामा जमाती लुकेका छैनन्

मस्जिद र मदरसामा जमाती लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो । आयोगका अध्यक्ष समिम मिया अन्सारीले...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

काठमाडौं, ७ जेठ-बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मंगलबार बसेको बैठकले ११ चैतदेखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्