लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

 न्यूज विराट
लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी आजदेखि खुल्न लागेका हुन् ।

आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालय खुुलाउनु आवश्यक थियो ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए ।

सम्बन्धित समाचार

झलनाथ खनालको स्वास्थ्यमा सुधार

काठमाडौं, ४ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार...

ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली

विराटनगर, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ । आज नेकपा प्रचार–प्रसार कमिटी र राष्ट्रिय युवा संघको अगुवाइमा मोटरसाइकल र्याली निकालिएको हो । विराटनगर पञ्चालीस्थित पार्टी कार्यालयबाट...

हिमालय दर्शन कलेजद्वारा ९५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ९५ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी बिएचम, विसिए, विआइएम र विएससी सिएसआइटीका ९५ जना विद्यार्थीलाई दिक्षित गरेको हो । दिक्षित भएका...

स्रोत नखुलेको साढे १९ लाख सहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साहलाई स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनलाई बुधबार...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय 

विराटनगर ।  व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ ।  त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

यूएईले प्रभावशाली विदेशीलाई नागरिकता दिने

एजेन्सी, १८ माघ-संयुक्त अबर इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । यूएईले सक्षम व्यक्तिलाई नागरिकता दिन लागेको जनाएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्