काठमाडाैं, ३२ जेठ-नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले केन्द्र सरकारकाे प्रशंसा गरेकाे छ । दबाबका बीच भारतबाट अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको प्रतिक्रिया साे पार्टीले दिएकाे हाे ।
पार्टीका महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले नेपालकाे लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यो भूमि कुटनीतिक र राजनीतिक पहल गरेर भूमि फिर्ता ल्याउनु पर्छ ।’ विज्ञप्तिमा नागरिकलाई पनि सरकारको मात्र मुख ताकेर नबस्न र सार्वभौमिकता र स्वाधीनताको पक्षमा लाग्न आह्वान गरिएकाे छ ।