अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

 न्यूज विराट
अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

काठमाडाैं, ३२ जेठ-वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।  सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो ।

तालिम प्रदायक संस्थाले अब नवीकरण गर्दा अनिवार्य रूपमा नगद धरौटी बुझाएको भरपाई पेस गर्नुपर्ने विभागले जनाएको छ । कोरोना महामारीका कारण हाल वैदेशिक रोजगार ठप्प छ, जसका कारण अहिले तत्काल नगद धरौटी राख्न सम्भव नभएकाले धरौटी राख्ने समय थप गरिदिन तालिम प्रदायक व्यवसायीहरूले माग गर्दै आएका छन् ।

विभागले सूचना जारी गरी वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्ने सबै संस्थाहरूलाई नवीकरण प्रक्रिया सुरु भएको जनाउँदै तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य ५ लाख नगद धरौटी राख्न अनुरोध गरेको हो ।

विभागले इजाजतपत्र प्राप्त संस्था, म्यानपावरहरू, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरू, सीपमूलक तालिम प्रदायक संस्थाहरू, घरेलु कामदारलाई तालिम दिने संस्थाहरू र केयर गिभरसम्बन्धी तालिम दिने र पठाउने संस्थाहरूलाई नवीकरणका लागि सूचना जारी गरेको हो ।

सम्बन्धित समाचार

विराटनगरमा एनसेलको शनिबार सांगीतिक कार्यक्रम, प्रस्तुती दिन आइपुगे चर्चित कलाकार

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा...

वैकल्पिक सरकार गठनको सम्भावना सकियो,फेरीपनि ओलीनै प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्