मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

 न्यूज विराट
मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् ।

गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका हुन् । ‘शनिबार प्रतिनिधिसभाबाट नेपालको नयाँ नक्सा समेटिएको निशान छाप संशोधन गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । यो आम नेपाली जनताको लागि गौरव र ऐतिहासिक महत्वको विषय हो । कुनै समय पूर्वमा टिष्टादेखि पश्चिममा काँकडासम्म फैलिएको नेपाल सुगौलि सन्धीपछि मेची र महाकालीमा खुम्चिएको थियो ।’ उनले भने,‘उक्त भूमि पनि विगतका शासकहरुले रक्षा गर्न नसक्दा भारतले अतिक्रमण गरी आफ्नो नियन्त्रणमा लिएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूगोलहरु नेपालकै भएको ऐतिहासिक तथ्य र प्रमाणहरु भएपनि हाम्रो आफ्नै नक्सामा ति भूगोल नसमेटिएको बिडम्बनायुक्त विगतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको पहलमा सबै राजनीतिक दलहरु र आम नागरिकको साथले सच्याएको छ ।’

सांसद मण्डलले भारतको कदम हस्क्षेपकारी रहेको भन्दै उसका गतिविभि अस्वीकार्य रहेको बताएका छन् । ‘नेपाली भूमि अतिक्रमण गर्ने, नेपाली भूमिका सैन्य क्याम्प राख्ने र नेपाली भूमिमा सडक निर्माणगर्ने भारतको कार्य हस्तक्षेपकारी र अस्वीकार्य छ । नयाँ नक्सा जारी भइसकेको सन्दर्भमा अब कुटनीतिक पहल र वार्तालाई व्यापक बनाएर आफ्नो भूमि फिर्ता ल्याउनु पर्छ ।’ उनले भने,‘त्यसका लागि सरकारले प्रभावकारी कदम अगाडि सार्न आवश्यक छ । नक्सा सार्वजनिक हुनु भूमि प्राप्तीको दिशामा एउटा पहलकदमी भएको छ । भूमि प्राप्त भइसकेपछि मात्र यसले सार्थकता पाउनेछ । यसमा सबै राजनीतिक दल र आम नागरिकको पनि साथ आवश्यक छ ।’

उनले आफु निर्वाचन क्षेत्रका जनताका लागि राहत व्यवस्थापन तथा विकासका योजनामा सहभागि हुन संसदीय दललाई जानकारी गराएर एकसाता अघिनै विराटनगर आएको उल्लेख गर्दै संविधान संशोनधमा तत्काल मतदान हुने कुराको जानकारी नराख्दा र पार्टी ह्वीपबारे एकदिन अघि मात्र थाहा पाएकाले काठमाडौं फर्किन नसकेको स्पष्ट पारेका छन् ।

‘नयाँ नक्सा समेटिएको निशान छाप पारित गर्ने प्रतिनिधिसभा बैठकमा उपस्थित भएर मतदान गर्न नपाउँदा मलाई अत्यन्त दुःख र पीडाको अनुभूति भएको छ । म आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि राहत व्यवस्थापन र विकासका केही आयोजनाको काममा सहभागी हुन पार्टी संसदीय दललाई जानकारी गराएरै एकसाता अगाडि विराटनगर आएको थिएँ । संविधान संशोधनमा तत्काल मतदान भइहाल्छ भन्ने जानकारी नराख्दा र पार्टी ह्वीपबारे अघिल्लो दिनमात्र थाहा पाएको कारण काठमाडौं फर्किन सकिन । यसमा मेरो कमजोरी रहेको स्वीकार गर्दछु ।’ उनले भने,‘काठमाडौं जाँदा पनि जिल्लामा पुगेर फर्किएका सांसदले पुनः पिसिआर परीक्षण गरी रिपोर्ट लिएपछि मात्र संसद भवनमा छिर्न पाउने प्रावधान रहेकोले काठमाडौं पुगेर पनि संसदमा प्रवेश पाउने समय र अवस्था मेरो नभएकोले म संविधान संशोधनमा मतदान गर्नबाट वञ्चित भएँ । यो ऐतिहासिक अवसर गुमाउनु परेकोमा मलाई दुःख र पीडा छ । म आम नेपाली नागरिक र मेरो अनुपस्थितिबारे जिज्ञासा राख्ने सबैप्रति माफी चाहँदै मेरो कुनै गलत नियतले अनुपस्थित नभएको व्यहोरा स्पष्ट पार्न चाहन्छु ।’ सांसद मण्डल राष्ट्रियताका सवालमा सँधै अडिग रहँदै आएका छन् ।

सम्बन्धित समाचार

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

ओलीको मनपरीले नेकपामा समस्या : माधव नेपाल

काठमाडाैं, २१ साउन-पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको मनपरीका कारण पार्टी समस्यामा परेको बताएका छन् ।  काठमाडौंमा बुधबार आयोजित एक अन्तर्क्रियामा नेता नेपालले ओलीले पार्टी र...

नवनिर्वाचितच राष्ट्रियसभाका सदस्यले लिए सपथ

काठमाडौं, फागुन २१–गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सत्तारुढ दल नेपाल...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडिलाई शुभकामना दिन हिरो कम्पनीको मोटरसाईकल र्याली

विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोर्टसले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

इलाममा कोरोना संक्रमणका कारण एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्