कोरोनाबाट बच्न ब्लीच खान सल्लाह दिने डाक्टर बर्खास्त - News Birat

कोरोनाबाट बच्न ब्लीच खान सल्लाह दिने डाक्टर बर्खास्त

न्यूज विराट

एजेन्सी, जेठ ३२-पेरुमा एक जना डाक्टरलाई कोरोबाटबाट बच्नका लागि क्लोरिन डाइअक्साइड खान सल्लाह दिएपछि बर्खास्त गरिएको छ ।डा.अमीलकार वांकावारी कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख थिए ।

क्लोरिन डाइअक्साईड ब्लीचजस्तै एक कीटनाशक औषधि हो । जसको प्रयोग उद्योगमा गर्ने गरिन्छ । यो रसायन मानिसका लागि घातक साबित हुनसक्छ ।

डाक्टर वांकावारीले कोरोना भाइरसको लक्षण रहेकाहरुलाई यो रसायन खान दिनुपर्ने बताएका थिए । एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोभिड–१९ का विरामीका लागि क्लोरिन डायअक्साइडको परीक्षण भइरहेको छ र उनीहरुको स्वास्थ्यमा सुधार आएको छ ।’

आयाइचोका गभर्नर कार्लोस रुआले यसपछि पत्रकार सम्मेलनमा वांकावारीले व्यक्त गरेको विचार व्यक्तिगत भएको र सरकारी प्रतिनिधिसँगको बैठकमा सय विषयमा कुराकानी नै नभएको बताएका छन् । यसको केही घन्टापछि कार्लोस रुआले वांकावारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles