काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
शनिबार पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला छन् । जसमा डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका ५ जना, डोटीका ३ जनामा कोरोना पुष्टि भएको छ ।
बझाङको बिथ्थडचिरका २ जना, केदारस्यू २ जना, खप्तडछानाको १ जना, डडेल्धुराको अमरगढीका १ जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका २ जना, सायलका १ जना, कैलालीको चुरेका ५ जना, धनगढीका २ जना, गोदावरीका २ जना, लम्की चुहाका १ जना, टीकापुरका १ जना, कञ्चनपुरको पुनरवासका २ जना, लालझाडीका १४ जना, महाकालीका ३ जना, बेदकोटका १ जना, कञ्चनपुरकै थप १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ सय ५५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछामका १६, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका २ जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।