गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए

 न्यूज विराट
गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए

पोखरा, ३१ जेठ-गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको हेम्स अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुष कारोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गतहप्ता पोखराको आलुमाइलाचोकस्थित रहेको डेरामा अचेत अवस्थामा फेला पारेपछि आफन्तहरूले हेलिकोप्टर चार्टर गरेर काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याएका थिए ।

उपचारका क्रममा स्वाब परिक्षण गदाए उनको कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसैगरी नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) मा कोरोनको संक्रमण पुष्टि भएपछि मध्यबिन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका १२ का २६ वर्षीय युवा घर फर्किएका छन् ।

त्यस्तै, बागलुङ जिल्लाको धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत तामाखोला गाउँपालिका ३ का २१ वर्षीय २ जना पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनको संक्रमण पुष्टि भएका सोही अस्पतालको आइसोलेसन कक्षमा उपचाररत गोरखा जिल्ला आरुघाट गाउँपालिका २ का २५ वर्षीय युवा अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको डा. शर्माले बताए ।

सम्बन्धित समाचार

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति...

विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

विराटनगर । विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् । विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ । ‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

विराटनगरमा १ अर्ब ७५ करोड लगानीमा पाँच तारे होटल खुल्ने, कृषी विकास बैंकबाट ९५ करोड कर्जा स्वीकृत

विराटनगर । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा क्यासिनोसहितको अत्याधुनिक पाँच तारे होटल संचालनमा ल्याउने तयारी भएको छ । विराटनगरका चर्चित पर्यटन व्यवसायी पुण्य भट्टराईको अगुवाइमा झन्डै १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा होटल एसियाटिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्