सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

 न्यूज विराट
सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।

सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पीसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे/नगरेको मूल्याङ्कन गर्न आम नागरिकलाई अपिल गरिएको छ ।

आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने कार्यसूची भएकाले सम्पूर्ण नेपालीलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एकढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न पनि आह्वान गरिएको छ ।  

सम्बन्धित समाचार

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना छ । नेपालको मौसममा पश्चिमी वायुको आंशिक...

आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी...

सत्तारूढ दलका प्रवक्ता भन्छन्, ‘बजेटलाई महत्त्वाकाङ्क्षी नबनाऔँ’

 काठमाडौं, २९ वैशाख-राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/०७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

भ्यालेनटाईन डे’ मा विराटनगरमा भव्य सांगीतिक साझ, गायक सविन राईको धमाकेदार प्रस्तुती रहने

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस यही फागुन २ गते विराटनगरमा हुने सविन राईको संगीतमय साँझको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई...

तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

विराटनगर । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित चौध जना आज औपचारिक रुपमा...

नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्