कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

 न्यूज विराट
कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे । ‘घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, ‘यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।’

अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिए । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

बाबा उद्योगमा तस्करीको मैदा, भन्सारले समात्याे चार गाडी मैदासहित तस्करी गर्ने गिरोह

विराटनगर । सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पढाउने गरेको रहस्य खुलेको छ । सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठुलो परिमाणको मैदा...

गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन्...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई मान्यता दिएन

काठमाडौं, ११ माघ-निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई आधिकारितको दाबी अभिलेखीकरण गराउन नमिल्ने जानकारी गराउने भएको छ ।  आज बसैको आयोगको बैठकले दुवै पक्षबाट प्रस्तुत भएका कागजपत्र र जवाफका आधारमा आधिकारिकताको दाबी गराउन नमिल्ने ठहर...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

नेकपा सचिवालय बैठक सकियो, छलफल प्रधानमन्त्रीकै राजीनामा केन्द्रित

काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्