बाबा उद्योगमा तस्करीको मैदा, भन्सारले समात्याे चार गाडी मैदासहित तस्करी गर्ने गिरोह
मङ्गलबार, २९ कार्तिक, २०७९,
न्यूज विराट
विराटनगर । सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पढाउने गरेको रहस्य खुलेको छ । सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठुलो परिमाणको मैदा विराटनगर भन्सार कार्यालयले सोमबार राती बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
राठीको उद्योग अगाडीदेखि विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको छ । भारतदेखि अवैध रूपमा मैदा ल्याउने क्या रिङ गर्ने गिरोहका एक जना सदस्यीयलाई पनि भन्सारले समातेको छ । भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाई पक्राउ गरेको हो । पक्राउ परेका रिजवानले नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलाएर तस्करीको मैदा उद्योगसम्म स्किटिङ्ग गरेर पु¥याउने गरेको खुलेको छ । तस्करीको मैदा गन्तव्यसम्म पु¥याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कार पनि पक्राउ गरिएको छ ।
उद्योगसम्म मैदा लैजाने चार जना चालकलाई पनि पक्राउ गरिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंङगनाले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं। ७ का वर्ष ३७ का जमसेद आलम को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक हुन् । सो मिनी ट्रकमा भारतबाट तस्करी गरेर ल्याइएको मैदा लोड गरिएको थियो । त्यस्तै को २ त १३०३ नम्बरको ट्याक्टरमा लोड गरिएको तस्करीको मैदासहित पक्राउ परेका चालक वर्ष २२ का नाजिर खान सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ का निवासी हुन् । सो ट्याक्टर पनि गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।
सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ कै वर्ष १८ का असरफ अलीले चलाएको मे १ त ७०५५ नम्बरको ट्याक्टरमा पनि तस्करीकै मैदा लोड गरिएको भन्सार कार्यालयले जनाएको छ । चालक अली र ट्याक्टर दुवै पक्राउ परेका छन् । हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँले को १ ख २३७६ नम्बरको मिनी ट्रक चलाएका थिए । सो मिनी ट्रकमा पनि तस्करीकै मैदा लोड गरिएको थियो । गस्ती टोलीले मियाँसहित मिनी ट्रकसमेत पक्राउ गरेको छ ।
बरामद भएको मैदा सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने घुस्सीको नाकाबाट तस्करी गरेर ल्याइएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचै व्यक्तिले सो बाबा उद्योगमा पठाउने गरेको बयान दिएको कार्यालयको भनाइ छ । विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पाँचै अभियुक्तलाई कार्यालयले बयान गराउने प्रक्रिया सुरु गरेको जानकारी दिए । प्रमुख सापकोटाले आफ्नो नेतृत्वमा सोमबार रातैभरि सुनसरीसित जोडिएको सीमा क्षेत्रमा भन्सार गस्ती टोलीले निरीक्षण गर्दा अवैध मैदा फेला परेको बताए । पक्राउ परेका पाँचै अभियुक्तलाई कार्यालयले भन्सार चोरी पैठारीको मुद्दा चलाउने जानकारी दिए । भन्सार कार्यालय अर्धन्यायिक निकाय पनि भएकाले उक्त मुद्दा सोही कार्यालयमा दर्ता हुने र कार्यालयले नै कारबाही अघि बढाउने बताइएको छ । सूचना अधिकारी ढुङ्गानाका अनुसार चोरी पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ । सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ ।
उनले पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छाडिदिने स्पष्ट पारे । भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको तीव्र अभावमा छन् । अभाव पूर्ति गर्न यहाँका मैदा उद्योगहरूले क्या रिङ मार्फत तस्करी गरेर मैदा ल्याउने गरेका छन् । यता सशस्त्र प्रहरी बल सुनसरीका एसपी विक्रम हुमागाईँले चुनावको मौका छोपी प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट तस्करी भएको हुनसक्ने बताए । तस्करी हुन नदिन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको उनले बताए । ‘खुल्ला सीमाको फाइदा उठाएर चुनावको मौकामा प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट अवैध सामान निर्यात भएको हनु सक्छ,’ उनले भने, ‘त्यसलाई हामी कडाइ गर्नेछौँ ।’ सबैको प्रयासले मात्र चोरी तस्करी नियन्त्रण हुने उनले बताए ।
विराटनगर, २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...
विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको...
झापा, १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोरोना भाइरस संक्रमणको घडीमा सरकार नागरिकको जीवन रक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकको रक्षा गर्न र एकताबद्ध हुनुपर्ने बेला उल्टै लकडाउनको अवसर छोप्दै राजनीतिक...
विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...
विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...
विराटनगर,२५ वैशाख । निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निश्पक्ष बनाउन मोरङ प्रशासनले निर्देशन दिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको एक दिने प्रशिक्षण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले यस्तो निर्देशन दिएका...