डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

 न्यूज विराट
डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिनेसमेत बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरूको भूमिकाले उल्लेख्य सहयोग पुर्‍याउने बताए ।

‘नेपालको कोरोना केहीबाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालका लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने  र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ,’ उनले भने, ‘सानोसानो कामका लागि पनि स्थानीय सरकारले परिवारभित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरूको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसँगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै, समुदायको स्वास्थ्य सेवाबाहेक अत्यावश्यक सेवामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तर्राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दूरी कायम राख्दै मास्क, स्यानिटाइजर प्रयोग गर्नुका साथै साबुनपानीले हात धुनुपर्नेलगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएको, नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार ०.१५ मा मात्रै संक्रमण भएको बताए ।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए । उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुका साथै समुदायमा संक्रमण फैलिन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीले कोभिड-१९ नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौती र स्थानीय सरकारका प्राथमिकताबारे छलफल भएको थियो । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहाँ कार्यरत कर्मचारीले जुममार्फत सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

रूकुमको घटना कहाली लाग्दो र दर्दनाकः शान्ता चौधरी

काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

मोरङको रंगेलीमा घाँटी रेटेर महिलाको हत्या

विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीय बेचन यादवकी श्रीमती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्