नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छः नेता कोइराला

 न्यूज विराट
नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छः नेता कोइराला

मोरङ, २९ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी तथा लिम्पियाधुुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए।

भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उनले आग्रह गरे । मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुुनुुपर्नेमा जोड दिँदै थ्रोट स्वाब (पीसीआर) परीक्षणको दायरा फराकिलो बनाउनुुपर्नेमा उनले बताए ।

कृष्णप्रसाद कोइराला सेवा गुुठीको आयोजनामा भएको कार्यक्रममा गुुठीका अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो तथा सञ्चारकर्मी अनन्तराज न्यौपानेले स्व. आर्चायले सीमान्तकृत जनताको आर्थिक उन्नति र प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरेका थिए । स्मृति दिवसका अवसरमा कोशी अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको थियो । रासस

सम्बन्धित समाचार

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २४ कात्तिक-संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

सकियो हिसान स्पोर्टस मिट, विराटनगरका चार कलेजलाई उपाधि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन...

सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...

आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

[caption id="attachment_47302" align="aligncenter" width="714"] घरमा उपचार गराईरहेकी चन्द्रकला ।[/caption] शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया...

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...

रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्