थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

 न्यूज विराट
थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ संक्रमणमुक्त भएर डिस्चार्ज हुनेमा ८ जना महिला छन् भने १ सय ७९ पुरुष जना पुरुष रहेको जानकारी दिएका हुन् ।

देशभर बिहीबारसम्म कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ८ सय ६१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा ७ सय ७४ जना पुरुष रहेका छन् भने ८७ जना महिला रहेका छन् ।

प्रवक्ता डा. गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा थप २ सय ३० पुरुष र २० महिला गरी २ सय ५० संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । जसमध्ये ४ हजार २ सय ८५ जना पुरुष छन् भने ३ सय २९ जना महिला रहेका छन् । नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार १ लाख १५ हजार ९ सय ३० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ७८ हजार १ सय ४३ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ । गत २४ घण्टामा ५ हजार १ सय ९४ नमुनाको पीसीआर विधिबाट र ५ हजार २ सय ६३ आरडीटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले बताए ।

उनका अनुसार १ लाख ६२ हजार १३ जना देशभरका विभिन्न क्वारेन्टाइनमा र ३ हजार ७ सय ३८ जना उपचार क्रममा आइसोलेसनमा रहेका छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख...

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो । आयाक्सले आफ्ना टिमका...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

ब्राउन सुगरसहित पाँच जना पक्राउ, भारतबाट पैदल नेपाल आउँदै गर्दा नियन्त्रणमा

सुनसरी । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँच जना नेपाली नागरिकहरू लागू औषध ब्राउन सुगरसहित सुनसरीमा पक्राउ परेका छन्। पक्राउ परेको यो घटना लागू औषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय, लौकहीको संयुक्त सुराकी...

प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्