सुडान घोटालाका दोषी पूर्व आईजीपी ठकुरी आज जेल मुक्त हुँदै 

 न्यूज विराट
सुडान घोटालाका दोषी पूर्व आईजीपी ठकुरी आज जेल मुक्त हुँदै 

काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका हुन् ।

अदालतले एक वर्षको जेल सजाय तोकेको भएपनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी आज छुट्न लागेको डील्लीबजार कारागारका सहायक जेलर सीता अधिकारीले जानकारी दिइन् ।

उनी १९ असोज २०७६ मा जेल चलान भएका थिए । ठकुरीसहित पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा हेमबहादुर गुरुङ सहित आधा दर्जन प्रहरी अधिकारी सुडान घोटाला पक्ररणमा दोषी ठहर भएका थिए ।

ठकुरी बाहेक उनीहरुले  यस अघिनै कैद सजाय भुक्तान गरी सकेका छन । सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा पक्रकरणमा उनीहरुलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतको पूर्ण फैसलालाई आंशिक उल्ट्याउँदै १६ वैशाख २०७४ मा सर्वाेच्च अदालतले समेत सदर गरेपछि उनी जेल जना बाध्य भएका हुन् ।  ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाइएको थियो ।

सम्बन्धित समाचार

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत...

‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

२४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सयनजिक

काठमाडौं, ३० साउन-शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट...

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्