‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

 न्यूज विराट
‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता मण्डलले दैनिक मजदुरी गरेर रोजिरोटी चलाउने परिवारलाई लकडाउनका कारण हातमुख जोर्न समस्या पर्दै गएकाले तीनै तहका सरकारबीचको समन्वयमा उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘दिनभरी काम गरेर बेलुका परिवारको पेट पाल्ने जनता यतिबेला भोकभोकै बस्नुपर्ने अवस्था सृजना भएको छ । रोग संक्रमण फैलन नदिन लक डाउन एउटा मात्र उत्तम विकल्प हो । तर, मजदुरी गरेर परिवार चलाउने जनताले सवैतिर बन्द भएपछी के गरेर खाने ?’ उनले भने,‘त्यसैले उनिहरुलाई तत्काल खाद्यान्नको व्यवस्था गरिनुपर्छ । नत्र भने जनता बाल बच्चाकै पेट पाल्नका लागि पनि घर बाहिर निस्कन बाध्य हुन्छन, लक डाउन उल्लंघन हुन्छ र संक्रमण फैलने जोखिम हुन्छ । त्यसर्थ त्यस्ता परिवारका लागि सरकारले राहतको प्याकेज तत्काल ल्याउन जरुरी छ ।’

नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले लघुवित्त वित्तिय संस्था मार्फत लिइएको ऋण र व्याज समेत लक डाउन अवधिभर छुट गर्नुपर्ने बताएका छन् । उनले लघुवित्त मार्फत अधिकांश किसान र मजदुर बर्गले ऋण लिएको बताउँदै लक डाउनका कारण आर्थिकोपार्जनमा समस्या भएकाले सो समय अवधिभर लिने किस्ता र व्याज छुट गर्न लघुवित्त वित्तिय संस्थाहरुलाई आग्रह गरे ।

‘यतिबेला हुने खोनेकै पनि अवश्था नाजुक बन्दै गएको छ । अझ दैनिक मजदुरी गर्ने र खेती किसानी गर्ने परिवार एकदमै समस्यामा छन् । उनीहरुलाई परिवार चलाउनै समस्या छ ।’ उनले भने,‘यो अवस्थामा माइक्रोफमइनान्सको किस्ता तिर्न जनता असमर्थ छन् । त्यसैले यो अवधिभर ऋण र व्याज जसरी पनि छुट गरिनुपर्छ । जनताको पिडा बुझिदिनुपर्छ ।’

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्