प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

 न्यूज विराट
प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

काठमाडौं, २८ जेठ-प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा सदनको बहुमतले अस्वीकृत गरेको हो ।

उक्त खर्च कटौतीसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका पुष्पा भुसाल,  उमा रेग्मी, सञ्जयकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, डा मीनेन्द्रप्रसाद रिजाल, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, राजेन्द्रकुमार केसी र देवेन्द्रराज कँडेलले प्रस्तुत गरेका थिए । सोही दलका मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेनद्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, रङ्गमती शाही र प्रकाशमान सिंहले विनियोजन विधेयकका विभिन्न शीर्षकमा खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, समाजवादी पार्टीका प्रदीप यादव र रामबाबुकुमार यादवको खर्च कटौती प्रस्तावलाई पनि सदनले अस्वीकृत गरेको छ । यसअघि बैठकमा सभामुखले खर्च कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन सम्बन्धित सदस्यलाई समय दिएकामा उनीहरूले आफूहरूले उठाएको विषयमा चित्त बुझ्दो जवाफ नआएको जनाउँदै फिर्ता नलिने जवाफ दिएका थिए।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

रौतहटमा दशगजा मिचेर भारतले बनायो सडक

काठमाडौं, ११ जेठ-कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू्रमि दावी गरेको भारतले रौतहटमा समेत नेपाली भूमि अतिक्रण थालेको छ । रौतहटको इशानाथ नगरपालिका–१ बन्जरहाको दशगजा क्षेत्रमा भारतले पानीको बहाव नै अवरुद्ध हुनेगरी सडक खन्ने नाममा बाँध...

मौद्रिक नीति प्रति विराटनगरका उद्योगी सकारात्मक

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...

प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...

यी हुन नागरिकता बिद्येयकमा राष्ट्रपतिले उठाएको गम्भीर सवाल

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

आज देशभर थपिए १ हजार १११ संक्रमित

काठमाडौं, ११ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्