खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

 न्यूज विराट
खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो ।

लकडाउनका कारण लामो समयसम्म मस्जिद बन्द हुँदा परेवाले खानेकुरा पाएका थिएनन् । १२ औं शताब्दीको यो मस्जिद नीली मस्जिदका नामले समेत प्रसिद्ध छ । यसका ढुंगा नीलो रंगका रहेका छन् ।

मस्जिदको हेरचाह गर्ने कायुम अन्सारीले खानेकुरा दिन कोही नआउँदा लगातार परेवाहरु मरेको बताए । उनले भने, ‘हरेक दिन करिब ३० भन्दा बढी परेवा मरिरहेका छन् । मैले मरेका परेवालाई मस्जिदकै बाहिर गाढ्ने गरेको छु ।’

उनले हालसम्म एक हजारभन्दा बढी परेवा मरिसकेको जानकारी दिए । लकडाउनका कारण अफगानिस्तानमा मस्जिदसहित धार्मिक भवनहरु बन्द रहेका छन् ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

काठमाडौं, २६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, प्रतिबन्धहरू फुकुवा

एजेन्सी, जेठ २६-न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ । संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ । न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्‍याउने उद्घघोष...

प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी, कुन पदमा कति ?

विराटनगर । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको...

वीरगञ्जको अनुगमनमा निस्किए मुख्यमन्त्री राउत

जनकपुर, ३ जेठ-कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् । मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

श्रमिकको तलब २५ हजार पुर्‍याउन माग राख्दै सडकमा ट्रेड युनियन

विराटनगर । संयूक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्‍याउन माग गर्दै सडक आन्दोलनको कार्यक्रम सुरु गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्