लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

 न्यूज विराट
लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ ।

‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब नदिएको पाइएको छ भने अन्य कतिपयले लकडाउन सुरु भएदेखि दिनुपर्ने तलब नदिएको पाइएको छ’, महासंघले सार्वजनिक गरेको अअध्ययन प्रतिवेदनमा भनिएको छ ।

१४ जिल्लाका ५१ सञ्चार प्रतिष्ठानमा गरिएको अध्ययनमा अधिकांश सञ्चार प्रतिष्ठानहरूमा कार्यरत पत्रकारहरूले वैशाखदेखिको तलब नपाएको बताएका छन् । त्यसैगरी धेरैजसो सञ्चार प्रतिष्ठानले पत्रकारहरूलाई तलब घटाएर मात्र दिएको पनि पाइएको महासंघले जनाएको छ।

महासंघले आम्दानी नभएको भन्दै पत्रकार निकाल्ने गरेको पाइएको जनाएको छ । ‘यो अवधिमा केही सञ्चार प्रतिष्ठानहरूले आम्दानी कम रहेको अवस्था देखाई पत्रकारहरूलाई कामबाट हटाउने गरेको पाइयो भने, अन्य कतिपयमा बेतलबी बिदा बस्न दबाब दिइएको देखियो’, प्रतिवेदनमा भनिएको छ, ‘संकटको अवस्थामा नियमित तलब नपाउँदा, तलब कटौती हुँदा र बेतलबी बिदामा पठाउँदा श्रमजीवी पत्रकारहरू जीविकोपार्जनका लागि नै पनि समस्यामा परेको अनुगमनका क्रममा देखिएको छ । यसैगरी कतिपय सञ्चारगृहहरूले पत्रकारहरूको बीमा समेत नगरेको अनुगमनका क्रममा पाइयो ।’

काठमाडौं उपत्यकाभन्दा बाहिरी जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरू थप समस्यामा परेको महासंघको रिपोर्टमा उल्लेख छ । ‘जिल्लाहरूबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका बन्द अवस्थामा छन् भने सीमित पत्रपत्रिकाहरू पनि अनेकौँ समस्या झैल्दै प्रकाशित भएको अवस्था छ । अनलाइन सञ्चारमाध्यम, रेडियो र टेलिभिजन चरम आर्थिक संकटबाट गुज्रिइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ को उच्च संक्रमण रहेको प्रदेश नं २, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पत्रकारहरू सर्वाधिक जोखिम मोलेर काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

‘लक डाउन’ मा विराटनगरमा झडप

विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...

इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८...

नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...

न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो...

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्