भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

 न्यूज विराट
भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहेकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सासमेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए ।  साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत अनलाइनल माध्यममार्फत अन्तरक्रिया गरिएको त्रिपाठीले जानकारी दिए । – रासस

सम्बन्धित समाचार

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

बुढिगंगा गाउँपलिकालाई राहत सामग्री हस्तान्तरण

विराटनगर, चैत २१–नेपाल कम्य्निष्ट पार्टी(नेकपा) बुढिगंगा गाउँ कमिटीले गाउँपलिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी स्थानीय...

चीनमा ४ महिनामा देखिएका संक्रमितको संख्या संसारमा एकै दिनमा बढ्यो

डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म...

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको...

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्