झापाका २८ संक्रमितले जिते काेराेना

 न्यूज विराट
झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।

स्वास्थ्य प्रोटोकलअनुसार दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाइएकाे प्रतिष्ठानका प्रवक्ता प्रा. डा. दिनेश सापकोटाले जानकारी दिए ।

२ साताअघि उनीहरू भारतबाट फर्किएका थिए । अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत रहेका डा. सापकाेटाले बताए । प्रतिष्ठानको आइसोलेसनबाट अहिलेसम्म ९९ जना निकाे भएर फर्किइसकेका छन् ।

सम्बन्धित समाचार

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

विराटनगर–५ को वडाध्यक्षमा कांग्रेसका न्यौपाने निर्वाचित

विराटनगर, ६ वैशाख । विराटनगर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष न्यौपाने निर्वाचित भएका छन् । उनले एमालेका मीनकुमार आचार्यलाई फरासकलो मतान्तरले पराजित गरे । न्यौपानेले १९९४ मत प्राप्त गर्दा आचार्यले ९५९ मत मात्र प्राप्त गरे...

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने

एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।...

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन-पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य...

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले...

जापानमा प्रतिनिधिसभा विघटन, अक्टोबर ३१ मा निर्वाचन हुने

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरूले बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्। यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्