सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

 न्यूज विराट
सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् ।

उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका लागि खतरा भएको कोरोना, विदेशबाट आएकालाई राखिएका क्वारेन्टाइन व्यवस्थित नभएको, संक्रमित उचित उपचार नगरेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भृकुटीभण्डपमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञावलीले जानकारी दिए । प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनलाई रोक्नका लागि प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको थियो ।

सम्बन्धित समाचार

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ३ कात्तिक-मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको...

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर अनुसन्धान ब्यूरोमा उजुरी

काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो । सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो...

उत्तर काेरियाले काेराेनालाई ज्वराे भनिरहेकाे छ, त्यहाँ काेभिड संकट गहिरिएकाे हुनसक्छ: डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्