चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

 न्यूज विराट
चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ ।

सरकारको आर्थिक सर्वेक्षणले २.३ प्रतिशतसम्म हुन सक्ने प्रक्षेपण गरेको छ । यस अघि तथ्यांक विभागले २.२७ प्रतिशतसम्म हुने अनुमान गरेको थियो ।

विश्‍व बैंकले गरेको प्रक्षेपण अनुसार चालू वर्षमा दक्षिण एसियामा धेरै आर्थिक वृद्धि गर्ने राष्ट्रमा नेपाल दोस्रो नम्वरमा रहने छ । सबैभन्दा बढी भारतले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ भने सबैभन्दा बढी ऋणात्मक अफगानस्तानको १३ प्रतिशतभन्दा तल झर्ने अनुमान गरिएको छ ।

आगामी वर्ष २०२१ मा भने सबैभन्दा बढी अफगानस्तानले आर्थि वृद्धिदर हासिल गर्ने र भारतको ३.२ प्रतिशत ऋणतात्मक हुने अनुमान गरेको छ । विश्‍व बैंकले मंगलबार सर्वजनिक गरेको प्रतिवेदनअनुसार  नेपालले आगामी आर्थिक वर्षमा अधिक २.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ । सरकारले भने आगामी वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष निर्धारण गरेको छ । जुन लक्ष अधिक महत्वकांक्षी भएको र पूरा नहुने लक्षका रुपमा विज्ञहरुले बताएका छन् ।

सम्बन्धित समाचार

बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक...

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको...

प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । प्रदेशभरीका १ सय ९ स्थानीय...

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

भारतमा बन्यो कोरोनाको औषधि

एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्