तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

 न्यूज विराट
तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपरान्ह ४ः५५ बजेका लागि काठमाडौं-क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २ सय ५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो ।

यसअघि २४ वैशाखमा निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन । रासस 

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...

प्रदेश १ मा ६ संक्रमित थपिए, ३३ डिस्चार्ज

विराटनगर, २९ असार–प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा...

अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

विराटनगर । अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कृषकहरुलाई सहयोग गरेको छ । बढ्दो विषादी प्रयोगबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले कृषकलाई अर्ग्यानिक खेतीमा आकर्षित गर्नका लागि क्लबले सहयोग गरेको हो । अंग्रेजी...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...

प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, २ कात्तिक-प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ । ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्