आज एकै दिन १ सय २ जनाले जिते काेराेना, निकाे हुनेकाे संख्या ४ सय ६७

 न्यूज विराट
आज एकै दिन १ सय २ जनाले जिते काेराेना, निकाे हुनेकाे संख्या ४ सय ६७

काठमाडाैं, २५ जेठ-नेपालमा आज एकै दिन १ सय २ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् ।

कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले आइतबार विभिन्न अस्पतालबाट १ सय २ जना डिस्चार्ज भएका जानकारी दिए ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १ सय पुरुष रहेको बताए । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४ सय ६७ पुगेको छ । तीमध्ये पुरुष ३ सय ९९ र महिला ६८ जना रहेका छन् ।

उनीहरूमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै, बाराका ३४ र महोत्तरीका एक जना छन् । बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरू रुपन्देही र कपिलवस्तुका हुन् ।

कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो  । यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार...

दैलेखमा पुग्याे पीसीआर मेसिन, ३ दिनभित्र परीक्षण

दैलेख, ६ असार-कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि...

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

सेन्ट्रल मल चौथो वर्षमा, विविद्य कार्यक्रम गरी मनाउने

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...

झापामा ब्यान्डेजले घाँटी बेरेर ४० वर्षीय भीमराजकाे हत्या

झापा, ३ असार । झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

टेलिभिजन सेवा प्रदायकहरू एकजुट भए

काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्