रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

 न्यूज विराट
रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् ।

उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका हुन् । रौतहट घटनाका फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीले यसअघि ८ जेठमा १२ राउण्ड गोलीसमेत चलाएको थियो ।

रौतहटको राजपुर बम विस्फोटनकाे घटनामा रौतहट क्षेत्र नम्बर– २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमका भाइ मेहेताव आलमसहित ३ जना फरार भएका थिए ।  उक्त घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलम रहेको प्रहरीको भनाइ छ ।

उनी गत २६ असोजमा पक्राउ परेका थिए । २७ चैत २०६४ मा राजपुरमा भएको साे बम विस्फोटनमा १६ जना घाइते र ३ जनाकाे मुत्यु भएको थियो । आलम हाल पुर्पक्षका लागि नख्खु कारागारमा चलान भएका छन् । शनिबार पक्राउ परेका साह आलमका सहयोगी भएको प्रहरीको दाबी छ ।

सम्बन्धित समाचार

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

विराटनगर, जेठ ३१–मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै जान थालेको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्मा बहुमत साधारण सदस्य, कार्यसमितिका अन्य सदस्य तथा पदाधिकारीहरुको सहमति विपरित...

लद्दाख क्षेत्रमा फेरि हलचल

एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...

कर्णाली प्रदेशमा लकडाउनका बेला ३१ जनाले गरे आत्महत्या

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । लकडाउन भएको ११ चैत्रदेखि हालसम्म ३१ जनाले आत्महत्या गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा झुन्डिएर २५...

परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...

विश्व एड्स दिवस : नेपालमा सङ्क्रमणदर ६३ प्रतिशतले घट्यो

काठमाडौँ, १५ मंसिर ।  आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक...

आजदेखि प्रधानमन्त्री ओलीलाई तरल तथा नरम आहार

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्