कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

 न्यूज विराट
कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका साथै यसबाट सिर्जित विभिन्न समस्याको समाधानको प्रयास थालेको हो ।

कोरोना परीक्षणलाई व्यापक विस्तार गर्ने र निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा यसबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र यसविरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सुदृढ गरिने उल्लेख छ ।

ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिलाई लकडाउनको अवधिमा जीवन निर्वाहका लागि स्थानीय तहसँगको सहकार्यमा राहत तथा रोजगारी उपलब्ध गराइने प्रदेश प्रमुख अमिक शेरचनले बताए । महामारीबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, महिला, दलित, गरिब तथा सीमान्तकृत, असहाय तथा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको हित संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतमा महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुनरूत्थानका विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्किएका व्यक्तिको श्रम, पुँजी, सीप र रुचिका आधारमा पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतका क्षेत्रमा आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक तालिम, प्रविधि तथा बीउपुँजी प्रदान गरी उद्यमशीलता विकास तथा स्वरोजगारी र रोजगारी प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ ।

महामारीबाट प्रभावित उद्यमीलाई सहुलियतदरमा आवश्यक यन्त्र तथा उपकरण उपलब्ध गराउने र सहुलियत कर्जाका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

स्वास्थ्य सुरक्षा सामग्री सहयोग

जिपी कोइराला फाउन्डेसन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बढ्दो कोरोना संक्रमणका बीच नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा फाउन्डेसनका गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरे । मुलुकलाई सही ढंगबाट अघि बढाउन पत्रकारिता सशक्त हुनुपर्ने उनले बताए । स्वास्थ्य नै धन भएकाले हरेक व्यक्ति, परिवार र समाजले सावधानी र सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । (रासस)

सम्बन्धित समाचार

भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद

विराटनगर, फागुन २–इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठूलो परिमाणको लत्ताकपडा भित्रिइरहेको खुलासा भएको छ । साता दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको घटाना सेलाउन नपाउँदै झापा प्रहरीले शुक्रबार करिब...

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख-साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटीमा छुटेका छन् । उनी २५ हजार रूपैयाँ धरौटीमा छुटेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो । साइबर ब्यूरो प्रमुख एसएसपी...

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा भिड, पाँच दिनमा ७ करोड बढीको कारोबार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

उदयपुर र जनकपुरमा थपिए २ संक्रमित, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ वैशाख-बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बिहीबार ५५ वर्षीय महिला पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...

संसदमा जसपा विभाजित : महन्थ प्रतिपक्षमा, उपेन्द्र सत्तापक्षको सिटमा

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्