व्यवसाय सञ्चालन गर्ने गरी लकडाउन मोडालिटी तयार हुन्छः मन्त्री भट्ट 

 न्यूज विराट
व्यवसाय सञ्चालन गर्ने गरी लकडाउन मोडालिटी तयार हुन्छः मन्त्री भट्ट 

काठमाडौं, २३ जेठ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताए । उनले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने बताए ।

उनले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्लाअनुसार मोडालिटी फरक हुने बताए । मन्त्री भट्टले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका सङ्क्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गरे ।

कोभिड-१९ का कारणले मुलुक गत ११ चैतदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताए । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु

एजेन्सी, चैत १९-विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा थप ४ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ७२ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन् । यो कोरोना भाइरसबाट...

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी,...

नेकपा स्थायी कमिटी बैठक सकियो, १ पुसमा अर्को बैठक बस्ने

नेकपाको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबारको स्थायी कमिटीको बैठकका लागि लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो । स्थायी कमिटीको अर्को बैठक १ पुसमा...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

तिजमा संगिनी प्रतियोगिता

विराटनगर । हरितालिका तिजको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउपालिका– २ को नवज्योती महिला समूहले आयोजना गरेको खुल्ला संगिनी नृत्य प्रतियोगितामा वीपी संस्कृत मावि समूह प्रथम भएको छ । सो समूहमा नृत्यतर्फ नानीमैया आचार्य,पुषणा निरौला,रमिला कार्की र...

मोरङको लेटाङमा पनि एमाले विजयी

विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...

विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...

निर्णय कार्यान्वयनमा विराटनगर महानगरको चासो , कार्यान्वयन गर्न सरोकारवाला तयार

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्