रुकुम घटनालाई लिएर संसद अवरुद्ध

 न्यूज विराट
रुकुम घटनालाई लिएर संसद अवरुद्ध

काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको छानबिनका लागि संसदीय समितिको माग गर्दै सांसदहरूले संसद अवरुद्ध गरेका हुन् ।

जेठ १० गते सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा ६ जना युवाको ज्यान गएको थियो । त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही, चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । उनीहरू सबैको शव भेरी नदी आसपास भेटिएको थियो ।

घटनामा मुछिएका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जनालाई हिरासतमा राखिएको छ । पक्राउ परेकालाई थप १० दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ ।

सम्बन्धित समाचार

ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका...

बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।पुरुषतर्फको फाइनल...

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्