आरम्भले फेरी वितरण गर्यो विपन्नलाई राहत

 न्यूज विराट
आरम्भले फेरी वितरण गर्यो विपन्नलाई राहत

इटहरा, जेठ २२–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का अति विपन्न २४ घरपरिवारई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ । आरम्भले घरघरमा पुगेर वास्तविक विपन्नहरुको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको संस्थाका सल्लाहकार रामु घिमिरेले जानकारी दिए ।

विभिन्न सहयोगी दाताहरुको सहयोगमा राहत वितरण गर्दै आइरहेको संस्थाले बिहिबार रतुवामाई १० निवासी पदमबहादुर बस्नेत र धनमाया बस्नेतको छोरा डम्बर बस्नेतको आर्थिक सहयोगमा राहत वितरण गरेको संस्थाका अध्यक्ष समिर सुवेदीले जानकारी दिए । परदेशमा दुख गरेर भए पनि आफ्नो गाँउठाँउका गरिब दुखीलाई राहत बाड्न आफ्नो छोराले सहयोग गरेकोमा निकै खुसी महशुस भएको पदमबहादुर बस्नेतले बताए । छोराको यो कामबाट आफू निकै खुसी भएको सुनाउँदै उनले भने , “मेरो छोराले जस्तै अन्य विदेशिएका नेपालीहरुले अलिअलि भए पनि सहयोग गरे कोही भोकै बस्नु पर्दैन थियो । ”

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण देशमा लकडाउनको स्थिति आएदेखि नै रोजीरोटी गुमाएकाहरुलाई आरम्भले सहयोग गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले भने,‘जस्तोसुकै अवस्था आएपनि आफ्ना क्षेत्रका मानिसहरुलाई भोकै बस्न दिने छैनौँ । राहत वितरणमा लागिरहने छौँ ।’

सामाजिक दुरी कायम गरी बस्नु बाहेकको विकल्प नभएकोे वर्तमान परिवेशमा नगरपालिकाले एक चरणको राहत वितरण गरेपनि पुन राहत वितरण गर्न नसक्दा सर्वसाधारण जनता मर्कामा परेका १० नम्बर वडा अध्यक्ष टंक ढकालले बताए । नगरपालिकाले राहतमा ध्यान नदिइरहेकको अवस्थामा आरम्भले गरेको यो कार्य तारिफ योग्य भएको पनि वडा अध्यक्ष ढकालले बताए । दैनिक ज्यालादारी गरी आफ्नो गुजरा चलाउँदै आइरहेका रतुवामाई १० मंगलबारेका बिरबहादुर भुजेलले बिहान बेलुकीको छाक टार्न नसक्ने अवस्थामा आरम्भले रहात वितरण गरेर आफूहरुको ज्यान बचाइदिएको बताए ।

सोही ठाँउकी द्रौपती राजवंशीको पनि विरबहादुरकै जस्तो दहनीय अवस्था थियो । आरम्भले आफ्नो निभ्न लागेको चुलो बालिदियो द्रौपतीले भनिन्, स्थानीय सरकारले वास्ता नगरिरहेको बेला आरम्भ हाम्रा लागि भगवान बनेर आयो ।

आरम्भले २४ घरपरिवारलाई प्रतिघर २० किलो चामल, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, एक पोका स्वायविन, लुगा धुने र नुहाउने गरी १र१ वटा साबुन वितरण गरेको थियो । यस अघि पनि आरारम्भले रतुवामाई १० का विभिन्न स्थानहरुका विपन्नलाई राहत वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार

मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद...

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय...

विराटनगरमा भूकम्पको धक्का महसुस

विराटनगर, १५ वैशाख । विराटनगरसहित पूर्वी नाकामा आज विहान भूकम्पको धक्का महसुस भएकाृ छ । प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष

काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्