कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

 न्यूज विराट
कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थपिएका १ सय ६ जनासँगै २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख विदेक पुनमगरले जानकारी दिएका छन् ।

आज संक्रमण पुष्टि भएका दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला, देवलकाँडाका १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ जना पुरुष भगनीका ५ जना पुरुष र बासकोटका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी, मुगुको खत्याडका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या ३ सय ८४ पुगेको छ ।

सम्बन्धित समाचार

देशभर ३१६ जनामा कोरोना पुष्टि, पीसीआर परीक्षण घट्यो

काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप...

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना

काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

पछिल्लो २४ घण्टामा प्रदेशमा १ थपिए ३४३ संक्रमित

विराटनगर, २१ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

कोरोनाविरुद्ध खोपको आशा, युरोपले ४० करोड डोज पाउने

एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी...

बुधबारदेखि सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्