राष्ट्रियसभा अध्यक्षको घोषणाः अब म भत्ता लिन्नँ

 न्यूज विराट
राष्ट्रियसभा अध्यक्षको घोषणाः अब म भत्ता लिन्नँ

काठमाडों, २१ जेठ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २२ जेठदेखि आफूले पाउने कुनै पनि खालका भत्ता नलिने घोषणा गरेका छन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै यस्तो बेला आफूले कुनै पनि भत्ता नलिने उनको घोषणा छ ।

‘सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन २२ जेठ २०७७ देखि २०७७ साल चैत मसान्तसम्म संघीय संसद, राष्ट्रियसभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दासमेत कुनै पनि भ्रमण भत्ता नलिने कुरा जानकारी गराउँदै उक्त भत्ताहरू नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिनुहुन,’ तिमल्सिनाले संसद सचिवालयलाई पत्राचार गर्दै भनेका छन् ।

यसअघि राष्ट्रिसभाका सदस्य नारायणकाजी श्रेष्ठले कर्मचारीको भत्ता काटिने तर सांसदको नकाटिनुले विभेद भएको भन्दै सावर्जनिक आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

एमालेले राष्ट्रपतिलाई बुझायो २६ सांसदको हस्ताक्षर दुरुपयोग गरेको लिखित जानकारी

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन जनाएका २६ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति कार्यालयलाई बुझाएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको दाबी गरेका ओलीलाई समर्थन गर्नुको सट्टा देउवालाई समर्थन...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

आज १२ चार्टर्ड उडानमार्फत १ हजार ११५ नेपाली स्वदेश फर्किए

काठमाडौं, २० साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र...

निको भएर घर फर्किइन नेपालकी दोस्रो कोरोना संक्रमित

काठमाडौं, ६ वैशाख-कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना भएकी नेपालकी दोस्रो संक्रमित युवती डिस्चार्ज भएकी छन् ।फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गत १० चैतमा टेकुस्थित शहिद...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्