एकै दिनमा ३ सय ३४ कोरोना संक्रमित थपिए

 न्यूज विराट
एकै दिनमा ३ सय ३४ कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ-नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार नेपालमा थप ३३४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देकोटाले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोनासम्बन्धी परीक्षणमा थप ३१९ पुरुष र १९ जना महिला गरी ३३४  जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।  योसँगै नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरमा गरिएको परीक्षणमा १ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा १ जना, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यसैगरी, हेटौँडाको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जनामा, पोखराको प्रयोगशालमा १६ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जना, धुलिखेलमा गरिएको परीक्षणमा १७ जना र दाङमा गरिएको परीक्षणमा १५ जनामा कोरोना देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ सय ६ जनामा, सुर्खेतमा गरिएको परीक्षणमा ८ जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा ५ जना रहेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा कोरोना पोजिटिभ देखिएको छ । आज थप १२ जना संक्रमित डिस्चार्ज भएको डा देवकोटाले जानकारी दिए । योसँगै कोरोनालाई २९० जनाले जितेका छन् । पुरुषको संख्या २ सय ३४ रहेको छ भने  ५६ जना महिला रहेका छन् ।

बिहीबारसम्ममा ८४ हजार १ सय ३४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । आरडीटी विधिबाट १ लाख २५ सय ५ सय ६४ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ८ सय ६७ नमुनाको पीसीआर विधिबाट र ५ हजार १ सय ८५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । देशभरका क्वारेन्टाइनमा १ लाख ६१ हजार २ सय ६२ जना रहेका छन् । २ हजार ३ सय ३५ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

रुकुम घटना छानबिन संसदीय समिति गठन

काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो । सांसदहरूले...

पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई सम्मान

विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने...

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

समान शिक्षा बनाउन मुख्यमन्त्री राईको जोड

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण...

बेलबारीमा एक मजदुर मृत फेला

विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...

कोरोनाबाट वीरगंजकी ४० वर्षीया महिलाको मृत्यु

जनकपुर, ३ भदौ-बुधबार पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज रेशमकोठी बस्ने ४० वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनी विगत ४ दिनदेखि वीरगन्जकै...

जम्मू-कश्मीरकाे मन्दिरमा भागदाैड मच्चिँदा कम्तीमा १२ जनाकाे मृत्यु

एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्